घोराहीका शिक्षक कालोपट्टी बाँधेर काममा

 बैशाख १३, २०८० बुधबार १३:५:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । 

घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका छन् । जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्‍याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलित भएका छन् । 

प्राथमिक तहको दरबन्दी मिलानका नाममा मा.वि. निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको विकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया