निर्माण व्यवसायीले मधेस प्रदेशको भौतिक मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने

 वैशाख १३, २०८० बुधबार १८:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्माण व्यवसायीले विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएकाे भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।

काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाँट नदेखिएपछि निर्माण व्यवसायीले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन् । यसका साथै निर्माण व्यवसायीले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन् ।

गएकाे आर्थिक वर्षहरूमा प्रदेश सरकारको दर्जनौँ विकास निर्माणको काम गरेका गरे पनि साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर आज सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताउनुभयो । उहाँले आफूहरूले काम सम्पन्न गरेको वर्षाैँ बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो । 

बैंकको ब्याज महिनाको ८० हजार रुपैयाँ तिर्न परिरहेको उहाँले बताउनुभयो । विभिन्न ३८ वटा योजनाको ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन् । यसमा अन्य मन्त्रालयहरूमा गरेको काम पनि रहेको छ । मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनीहरूकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया