काठमाण्डौ महानगरद्वारा शटरभित्र सञ्चालन भइरहेकाे बालाजुकाे पेट्रोल पम्प सिल

 वैशाख १४, २०८० बिहीबार १४:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले बालाजुमा रहेको एउटा पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बिहीवार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको हो ।

मापदण्ड विपरीत पाँच वर्षदेखि घरको सडकपेटीमा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरिएको नगर प्रहरीले जनाएको छ । कोतः धुकु आयल स्टोरका कारण असुरक्षा बढेको महानगरमा उजुरी परेको थियो ।

सडक पेटीमै रहेको पम्पमा पेट्रोल भर्नेहरूको लाइनले सडक पनि जाम हुने गरेको थियो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया