कालीकोट : खाँडाचक्रका वडाअध्यक्षले नगरपालिकामा बुझाए छाप र राताे कलम

 बैशाख १५, २०८० शुक्रबार ८:३६:२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकोटको खाँडाचक्र नगरपालिकाका वडाअध्यक्षले वडा कार्यालयको छाप र रातो कलम नगरपालिकाको न्यायिक समिति संयोजकलाई बुझाएका छन् । काम काज गर्न असहज भएको भन्दै वडाअध्यक्षले उपमेयर गणेशबहादुर शाहीलाई छाप र कलम बुझाएका हुन् ।

कार्यालय समयमा कर्मचारी कार्यालयमा नभेटिने, काम सकिएका योजनाको समयमै भुक्तानी नहुने, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल कार्यालय समयमा मोबाइल नै अफ गरेर हराउनेलगायतका समस्या रहेको उनीहरुको गुनासो छ ।

समस्या समाधान गर्न पहल नभएको भन्दै वडाअध्यक्षले न्यायिक समिति संयोजकलाई कार्यालयको छाप र कलम बुझाएको ९ नम्बर वडाका अध्यक्ष बिरिजित विष्टले बताउनुभयो । कार्यालयमा कर्मचारी नबस्ने पुरानै समस्या रहेको र यसलाई सुधार गर्न आवश्यक छलफल गर्ने उपमेयर गणेशबहादुर शाहीले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया