सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ ।
नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो ३१ गते खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ ।
मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेलालगायतका खोप दिने गरिएको छ । अभियान देशका ७७ वटै जिल्लामा चल्नेछ । सरकारको निर्णय अनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । ललितपुरलाई २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।