सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाको शिक्षा विभागमा लागेको ताला नगर प्रहरीले फोडेको छ ।
महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि नगर्न सूचना निकाले पनि अवज्ञा गर्दै अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएको थियो । यो ताला हिजो बेलुका ८ बजेपछि नगर प्रहरीले फोडेको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो ।
महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा ताला फोडेको भिडियो राख्दै विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ –‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ । यसै सन्दर्भमा काठमाण्डाै महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ ।’
विद्यालयमा राजनीतिक दलका भ्रातृ सङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिइएको विरोधमा क्रान्तिकारीले बिहीवार हिजो विभागमा तालाबन्दी गरेको थियो ।
यसअघि काठमाण्डाै महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भ्रातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकोमा ध्यानाकर्षण भएको भन्दै त्यस्ता कार्यक्रम नगर्न निर्देशन दिएको थियो ।
— Balen Shah (@ShahBalen) April 28, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।