मौसम बदली : छिटपुट वर्षा र हावाहुरीको सम्भावना

 बैशाख १६, २०८० शनिबार ७:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ ।

दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बिहान गण्डकीका केही क्षेत्रमा हल्का वर्षा भएको थियो । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया