१९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
दुर्घटना पछि आक्राेशित स्थानीय बासिन्दाले गएरातिदेखि नै सडक अवरुद्ध पारेका छन् । आन्दोलनका कारण अरनिको राजमार्ग हुँदै बनेपा, कोशीपारी तथा सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न ठाउँमा जानेआउने गाडी चल्न सकेका छैनन् ।
दुई पाङ्ग्रेसहितका साना गाडी भने बनेपा–नाला हुँदै भक्तपुरको जगातीको बाटोमार्फत् ओहोरदोहोर भइरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।