गठबन्धन दलभित्रै भए पनि आफूहरुलाई बाइपास गर्ने काम भयो : अध्यक्ष नेपाल

 बैशाख २०, २०८० बुधबार ११:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा उहाँले आफूहरूले गरेको योगदानलाई नबिर्सिन चेतावनी दिनुभएको छ ।

गठबन्धनलाई टिकाउने र निरन्तरता दिने कुरा भइरहँदा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भैरहेको उहाँको गुनासो छ । अध्यक्ष नेपालले खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया