भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौको मुख्य पर्यटकीय क्षेत्र ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गरिने भएको छ । काठमाण्डौ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गर्न लागेको हो ।
ठमेलभित्र सीसी क्यामरा जडान गर्नेबारे महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले हिजो स्थलगत अवलोकनसमेत गरेको थियो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाण्डौ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गर्न लागिएको जानकारी दिनुभयो । नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न पुग्ने गरेका छन् ।
सुरक्षालाई ध्यानमा राखेर ठमेलभित्रका सडकमा एक सयभन्दा धेरै सीसी क्यामरा जडान गरिने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले जानकारी दिनुभयो । काठमाण्डौभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाण्डौ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई छ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
ठमेल क्षेत्र काठमाण्डौ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।