भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाँड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईँमा रहेकाे खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्र वरपरकाे झाडी फाँडिएको हो ।
बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिनुभयो । 'झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ', उहाँले भन्नुभयो, 'झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।'
झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । 'झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ', अध्यक्ष रानाले भन्नुभयो, 'स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ ।'
त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको उहाँले बताउनुभयो । मानिसमा आक्रमण गर्ने बाघको जोडी त्यस क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।
यही वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी–८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो । घटनापछि स्थानीय त्रसित बनेका छन् । 'पचुईंपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्', स्थानीय महेश विष्टले भन्नुभयो, 'घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।'
उहाँका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ । 'घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन्', उहाँले भन्नुभयोे ।
पचुईंमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना जावलाखेलमा राखिएको छ । बाघको निगरानीका लागि बेलौरी–८ पचुईं क्षेत्रमा छवटा स्वचालित क्यामेरा जडान गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ‘ट्र्याकिङ’का लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिनुभयो । 'बाघले मान्छे मारेपछि स्थानीय त्रसित छन्, फेरि बाघको हल्ला छ', उहाँले भन्नुभयो, 'त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।' बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गर्ने गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।