काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आफूविरुद्ध लागेको बलात्कारको अभियोगबारे मुख खोले रोनाल्डोले
फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूविरुद्ध लगाइएको बलात्कारको खण्डन गरेका छन् ।
‘युभेण्टस न्युज कन्फेरेन्स’मा बोल्दै रोनाल्डोले आफूविरुद्ध लागाइएको बलात्कारको आरोप अस्विकार गर्दै सत्य चाँडै बाहिरिने उल्लेख गरेका हुन् । आफूविरुद्ध लगाइएको बलात्कारको आरोप सत्य नहुनेमा आफ्ना वकील ढुक्क रहेको पनि उनले दाबी गरेका छन् । ३४ वर्षकी काथ्र्यान मायोर्गाले रोनाल्डोले आफूलाई लस भेगस होटलमा सन् १९९० मा बलात्कार गरेको आरोप लगाएकी छन् ।
‘म राम्रो क्लबमा खेलिरहेको छु । मेरो परिवार राम्रो छ । मेरा चारजना छोराछोरी रहेका छन् र म स्वस्थ छु । मसँग सबैथोक छ, त्यसैले अरुले मलाई हस्तक्षेप गर्न सक्दैन्, न्युज कन्फेरेन्समा रोनाल्डोले भनेका छन्, ‘फुटबल खेलाडीको रुपमा मैले जीवनमा रमाइलो गरिरहेको छु । मैले केही कुरामा ढाँट्नु छैन । मेरा वकील कन्फिडेन्ट छन र म पनि ।’
जर्मनीको साप्ताहिक पत्रिका ‘देर स्पिगर’ले सन् २०१७ मा सबैभन्दा पहिला रोनाल्डोको बलात्कारकाण्डको समाचार छापेको थियो जहाँ मायोर्गाले लस भेगसको प्रहरीमा रोनाल्डोले आफुलाई बलात्कार गरेको उजुरी दिएको कुरा उल्लेख गरिएको थियो ।
पत्रिकाका साप्ताहिकका अनुसार सन् २०१० मा रोनाल्डोले त्यो काण्ड सार्वजनिक नगर्न भन्दै ती महिलालाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएका थिए । ती महिलाका वकिलले अहिले पैसा लेनदेनको सहमति बारेको रिपोर्ट खोजिरहेको खबरमा उल्लेख छ ।
लस भेगसको प्रहरीले सन् २००९ को जुनमा घटनाको अनुसन्धान गरेको तर घटनाबारे तथ्य फेला नपरेको बताएको थियो । प्रहरीले यो महिना फेरि त्यो घटनाको अनुसन्धान गर्ने भएको छ ।
महिला हिंसा विरुद्ध विश्वव्यापी रुपमा चलिरहेको #MeToo अभियानका कारण मायोर्गाले त्यो घटनाबारे फेरि आवाज उठाएको उनका वकीलको दाबी छ । रोनाल्डोका वकीकले भने ‘देर स्पिगर’ म्यागाजिनमा उल्लेख गरिएका कुरा नक्कली रहेको दाबी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।