कालीकोट : स्थानीयकाे ढुङ्गामुढाबाट घाइते भएका प्रहरीसहित दुई जनाको पलाँता अस्पतालमा उपचार चल्दै

 बैशाख २६, २०८० मंगलबार ७:४६:१६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेटकाे पलाँता

कालीकाेट - कालीकोटको पलाँता गाउँपालिका–६ मा स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा घाइते भएका प्रहरी सहायक निरीक्षकसहित दुई जनाको पलाँता अस्पतालमा उपचार भइरहेको छ ।

हेलकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको भए पनि हेलिकप्टर आउन नसकेपछि झण्डै चार घण्टा हिँडाएर घाइतेलाई गएराति पलाँता अस्पताल पुर्याइएको छ । बलात्कार मुद्दामा अदालतबाट कसुर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो ।

पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा–५ का धनमान विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार हतकडीसहित भागेका अभियुक्तको खोजीका लागि प्रहरी निरीक्षक यज्ञराज जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया