आगाे निभाउने क्रममा जलेर ज्यान गुमाएका एकै गाउँका ४ जनाको सामूहिक दाहसंस्कार

 बैशाख २८, २०८० बिहिबार १८:१६:८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – आगाेले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

खाकाबेसीकाे बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको भूमिकास्थान–१ का वडाध्यक्ष गाेपाल खनालले बताउनुभयाे । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ । 

गएकाे मङ्गलवार दिउँसो भूमिकास्थान–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टाेलका चारै जनाको उपचारका क्रममा ज्यान गएकाे हाे । आगलागीका घाइतेहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाण्डाै रिफर गरिएकोमा उपचारका क्रममा काठमाण्डाैमा ज्यान गएकाे थियो । आगलागीमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको ज्यान गएकाे हाे । 

आगलागीमा परेर घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधार भइरहेकाे छ । उहाँकाे पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया