भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
उदयपुर – जिल्ला प्रहरी कार्यालयले विभिन्न ठाउँका सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जना अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए ।
प्रहरीले कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न ठाउँका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हो ।
चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरूप तोकिएबमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटक–पटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–३ का उज्वल थापामगर, चितवनको रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाण्डौ महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । उनीहरूविरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।
ती अभियुक्तले खोटाङको खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै ३० हजार रुपैयाँ ठगी गरेका थिए ।
यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटक–पटक गरेर उनीहरूले २२ लाख २० हजार रुपैयाँ ठगी गरेका पाइएको प्रहरीले जनाएको छ ।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा नागरिकलाई ह्वाटस्एपमार्फत त्यो कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजारदेखि एक लाख रुपैयाँसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो ।
पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको किर्ते कागजात देखाउने गरेका थिए ।
एसपी फुयाँलले भन्नुभयो, ‘चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त सामान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्, वास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरूसम्म पुग्ने गरी अनुसन्धान सुरु गरेको छ र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउ पर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजी सुरु गरिएको छ ।’
पक्राउ गरिएकाहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Matlesh Rana
May 14, 2023, 8:58 p.m.Ma matlesh Kumari rana Yo bishal thapa magarle malai Pani 493000 tagi gareko chha ma sanga proved Pani chha