भक्तपुरको सूर्यविनायकमा लागेको आगो निभ्यो, क्षतिको पूर्ण विवरण आउन बाँकी

 जेठ १, २०८० सोमबार ७:३३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको सूर्यविनायकमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा बिजेन चौगुठीले जस्ताको टहरोमा सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा हिजो बेलुका सात बजे आगलागी भएको थियो ।

आगो गएराति साढे १० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो । आगो निभाउन भक्तपुरको ३, काठमाण्डौ र ललितपुरको एक–एक गरी ५ वटा दमकल परिचालन गरिएको थियो ।

साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । हिजो बिजेन चौगुठीको फर्निचर कारखानाबाट सल्किएको आगोले नजिकै रहेको उहाँको साढे तीन तलाको घरमा पनि नोक्सानी भएको छ । यस्तै, पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा पनि आगलागी भएको थियो ।

आगो लाग्नुको कारण खुल्न बाँकी छ । 

अन्तिम अपडेट: भदौ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया