१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – गैरभुटानीलाई भुटानी बनाएर अमेरिका पठाउने काम भएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले ध्यानाकर्षण भएको जनाएको छ ।
भुटानी शरणार्थीको नाममा करोडाैँ रुपैयाँ भ्रष्टाचार हुँदा आफूहरूको माग छायामा परेको पनि समितिले जनाएको छ । यस घटनाका कारण भुटान सरकारले नेपालमा रहेको भुटानी शरणार्थी शिविरमा शरणार्थी नरहेको आरोप लगाएको उनीहरूको दाबी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणले परिवार मिलनको आशामा बसेका छ हजार पाँच सय जना वास्तविक भुटानी शरणार्थी समस्यामा परेका समितिले जनाएको छ । समितिले शरणार्थी परिचयपत्र नवीकरण भएको आठ महिना भइसक्दा पनि आफूहरूले नपाएको, भुटानी शरणार्थीको समस्या दीर्घकालिन रूपमै समाधान गर्न सम्बन्धित निकायसँग नेपाल सरकारले समन्वय गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्नुपर्नेलगायतका माग पनि राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।