प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीकाे पहिलाे जीत

 माघ ४, २०८१ शुक्रबार १८:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हराएकाे छ । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जीत हो ।

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीकी सरस्वती पुनले नटआउट ३१ रन बनाइन् । गण्डकीकी अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनायो । गण्डकीकी सलिना सेनले नटआउट ३३ रन बनाइन् । लुम्बिनीकी मनीषा रानाले २ विकेट लिइन् ।

यो जीतसँगै लुम्बिनी ३ खेलमा ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गण्डकी ४ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ ।
 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया