बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा

 जेठ ३, २०८० बुधबार १७:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित यी प्रदेशमा बाक्लो बादल लागेर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा बाक्लो बादलका कारण दिउँसै बेलुकाजस्तो अँध्यारो भएको छ । पश्चिम नेपालमा अबका दुई दिन र पूर्वका अबका केही दिन दिउँसो मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिनुभयो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भइरेहको हो ।

यसैबीच काठमाण्डौको मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाण्डौबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया