१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - डडेलधुरामा हैजा देखिएको छ । डडेलधुराको परशुराम नगरपालिकामा हैजा भेटिएको हो।
परशुराम नगरपालिकामा झाडापखाला फैलिए पछि गरिएको नमुना परीक्षणमा एक जना बिरामीलाई हैजा भएको देखिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वैशाखको अन्तिम हप्ता त्यहाँ झाडापखाला फैलिएको थियो ।
एक सय ५० जनाभन्दा धेरै बिरामी परेका थिए । झाडापखालाका कारण १४ वर्षकी सङ्गीता धामीको ज्यान समेत गएको थियो । उपचारमा ढिलाइ गर्दा बालिकाको ज्यान गएको हो । शरीरमा पानीको मात्रा निकै कम भएकाले बालिकाको ज्यान गएको डाक्टरले बताएका छन् । अहिले भने झाडापखाला नियन्त्रणमा आएको छ । तर, हैजासमेत देखिएकाले जोखिम उस्तै छ । प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य इकाईको टोली निगरानीमा खटिएका छन् ।
टोलीले केही दिन त्यहीँ बसेर काम गर्ने प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताउनुभयो । दूषित पानीका कारण परशुराम नगरपालिकामा झाडापखाला फैलिएको पाइएको छ । झाडापखाला फैलिएपछि स्थानीय बासिन्दाले पिउने पानीको नमुना परीक्षण गरिएको थियो ।
नमुना परीक्षणमा पानीको स्रोत नै दूषित रहेको पाइएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पानीलाई शुद्धीकरण गर्ने विभिन्न उपाय अपनाइएको छ । पानी उमालेर मात्र पिउन आग्रह गरिएको छ भने पानी शुद्धीकरण गर्न घर घरमा पीयूषलगायत औषधि वितरण गरिएको पनि उहाँले बताउनुभयो ।
गर्मीमौसममा झाडापखाला, हैजा जस्ता रोग फैलिने सम्भावना धेरै हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।