ट्रली बस चलाउने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

 जेठ ४, २०८० बिहीबार १७:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय गाडीकाे विस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय गाडीकाे विस्तारका लागि चार्जिङ स्टेशन वृद्धि गर्ने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता गर्ने र ऊर्जा सुरक्षाको सवाललाई सुनिश्चित गर्ने प्रसङ्ग, जलस्राेतमा आधारित ऊर्जा वा स्वच्छ ऊर्जाबाट देशको समृद्धिको कुरा गरिराखेका छाैँ । विद्युतीय यातायातकाे साधनलाई विस्तार गर्ने कुरा सरकारकाे प्राथमिकतामा छ । यसका लागि देशभर चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक छ ।’

मन्त्री बस्नेतले काठमाण्डाै उपत्यकालगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया