२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
काठमाडाैं -
‘घर ज्वाईं राख्न चाहनुहुनेले सम्पर्क......’ पत्रिकामा यस्तो विज्ञापन देखेपछि सामाजिक सञ्जालमा यसबारे बहस भैरहेको छ । कतिले त घर ज्वाईं बस्न जानुपर्छ कि क्या हो भनेर ठट्टा पनि गरेका छन् ।
तर यो विज्ञापन घर ज्वाईं राख्न चाहनेले छापेको होइन, घर ज्वाईं बस्न चाहने पुरुषले चाहिँ छापेको हो । ‘मेरो दाई पर्ने मान्छेलाई घर ज्वाईं राख्न यो विज्ञापन छाप्नुपरेको हो’ सम्पर्क नम्बरमा फोन गर्दा आफूलाई रमेश पोखरेल बताउने व्यक्तिले प्रतिक्रिया दिए ।
उनका अनुसार यो विज्ञापन काभ्रेका ४० वर्षीय विकास थापा क्षेत्रीका लागि हो । थापा अहिले काठमाडौंमा बस्छन् । उनको यसअघि नै विवाह भैसकेको हो । तर श्रीमती अर्कैसँग गइन् । छोराछोरी पनि श्रीमतीसँगै हिँडे । त्यसपछि थापा बिरक्त भएर बिहे नगर्ने तर घर ज्वाई बस्ने निर्णयमा पुगेका हुन् । थापालाई घरमा बस्न मन छैन, त्यसैले घर ज्वाईं बस्न खोजेका हुन्’ पोखरेलले भने, ‘अहिलेसम्म ६/७ जनाले सम्पर्क त गरेका छन् । तर घर ज्वाईं राख्छु चाहिँ भनेका छैनन् ।’
यस्तै खालको अर्को विज्ञापन पनि पत्रिकामा छापिएको छ । ‘घर ज्वाईंको लागि केटीहरुले सिधा सम्पर्क’ लेखिएको नम्बरमा फोन गर्दा चाहिँ फोन नै सम्पर्क हुन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Roman
June 14, 2018, 2:26 a.m.America ma dr. ta hoina hola pakkai con dr chai hola hai