राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

 जेठ ६, २०८० शनिबार ९:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्ने सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा आयाेजित कार्यक्रममा उहाँले परिवर्तनमार्फत नै नागरिकलाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभयो । उहाँले हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउने उद्देश्यले दलहरुबीच निरन्तर छलफलमा रहेको पनि बताउनुभएको छ ।

शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति र सङ्क्रमणकालीन न्यायलाई गति दिने विषयमा नै केन्द्रित हुने गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उहाँले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक रुपले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आउँदो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने दाबी गर्नुभयो ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया