दुर्घटना रोक्न झापा गाउँपालिकाका सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

 जेठ ६, २०८० शनिबार १३:५१:२६ | रासस
unn.prixa.net

झापा - दुर्घटनाको जोखिम बढेकाे भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा मकै, धान, गहुँ लगायतका अन्न सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गर्नुभएको हो । सूचनामा भनिएको छ, 'कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले यस्ताे कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।'

उहाँले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताउनुभयो । विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ ।
 

तस्बिर : गाउँपालिकाकाे फेसबुक पेज 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया