अनुदान नपाएपछि कपिलवस्तुका उखु किसान धर्नामा

 जेठ ६, २०८० शनिबार १५:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अनुदान नदिएकाे भन्दै कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि काठमाण्डाैमा धर्नामा बसेका छन् । 

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाण्डाैको माइतीघर मण्डलामा आएर धर्नामा बस्नु परेको कपिलवस्तु उखु किसान सङ्घर्षसमितिका सदस्य रामलाल कलवारले बताउनु भयाे । 

२०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर अनुदान रकम अहिलेसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा आफूहरु काठमाण्डाै आएकाे उनीहरुले बताएका छन् । 

अनुदानको रकमका लागि जिल्ला प्रशासन कार्यालयमा दबाब दिए पनि सुनुवाइ नभएपछि काठमाण्डाैमा आएर धर्नामा बस्नु परेको सङ्घर्ष समितिका सदस्य रामलाल कलवारले बताउनुभयो । उहाँले आफूहरुलाई अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिनु भयो ।

उनीहरुले अन्य जिल्लालाई दिइएको अनुदानबापतको रकम आफूहरुलाई नदिएको भन्दै धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । सरकारले भने कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया