१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – बाग्लुङको गलकोट नगरपालिकामा बर्थिङ सेन्टर र स्वास्थ्य सेवाको सहज पहुँच पुगेपछि दुई वर्षयता घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।
नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । साथै बेला बेलामा स्वास्थ्य चेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।
नगरपालिकाको सबैभन्दा विकट मानिने वडा नम्बर–१० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि सहज भएको छ ।
प्रवक्ता भण्डारीका अनुसार विगतमा स्वास्थ्य सेवाको अभावले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो तर अहिले त्यस्तो समस्या छैन ।
घरमा सुत्केरी हुने क्रम हट्दै गएको छ । उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई नगरपालिकाले चार हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ ।
गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके बाग्लुङ वा अन्य अस्पतालमा पठाउनु परेमा नगरपालिकाले यातायात खर्चसमेत दिने गरेको छ ।
गलकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै परामर्श दिने गरेको र चेतना बढेका कारण ‘होम डेलिभरी’ शून्यमा झरेको बताउनुहुन्छ ।
नगरपालिकाले २०७५ सालदेखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
गलकोट नगरपालिकामा नौवटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।