काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गरेका छन् ।
वेष्ट इन्डिजविरुद्धको खेलमा ८१ रन जोडेपछि उनको १० हजार रन पूरा भएको हो । विराटले १५४ एकदिवसीय पारिमा १० हजार रन पूरा गरेका हुन् । योसँगै विराटले यसअघि भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाममा रहेको फास्टेस्ट १० हजार रनको पनि रेकर्ड ब्रेक गरे ।
सचिनले २५९ पारीमा १० हजार रन पूरा गर्दा ३० वर्षीय विराटले २०४ पारीमा यो लक्ष्य हासिल गरेका हुन् ।
यसैगरी कोहली वेस्ट इन्डिजविरुद्ध सबैभन्दा बढी रन बनाउने भारतीय ब्याट्सम्यान पनि बनेका छन् । विशाखापट्नममा जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विराटले यो रेकर्ड पनि सचिनकै तोडेका हुन् ।
सचिनले वेस्ट इन्डिजविरुद्ध ३९ पारिमा १५७३ रन बनाएका थिए भने विराट २९ पारिमै उनको रेकर्ड ब्रेक गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।