छोटो दुरीको गाडी भाडा घटाउन आलटाल

 जेठ ८, २०८० सोमबार ७:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । अघिल्लो हप्ता बुधवार डिजेलको भाउ घटेलगत्तै सरकारले लामो दुरीको भाडा घटाएको थियो । तर छोटो दुरीको भाडा भने घटाइएको छैन । लामो दुरी अर्थात् अन्तर–प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन । प्रदेश सरकार मन्त्री नियुक्त गर्ने गृहकार्यमा जुटेपछि गाडी भाडा घटाउनेबारे निर्णय गर्न ढिलाइ भएको हो । बाग्मती प्रदेश सरकारले हिजो आइतवार पूर्णता पाएपछि अब आज साेमवार, भोलि मङ्गलवारसम्म भाडा घटाउनेबारे निर्णय हुने कार्यालयले जनाएको छ । प्रदेश सरकारले ढिलाइ गर्दा व्यवसायीले यात्रुसँग पहिलेकै महँगो भाडा लिइरहेका छन् ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । अहिले गाडीवालाले घटेको भाउमा डिजेल हालेर गाडी चलाउन थाले पनि यात्रु महँगो भाडा तिर्न बाध्य छन् ।

डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको छ । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य लिटरमै २० रुपैयाँ घट्दा पनि सरकार र व्यवसायीले घाडा घटाउन आलटाल गर्दै आएका छन् ।

पोहोर वैशाख १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र सञ्चालन हुने छोटो दुरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया