पोखरा प्रिमियर लिगको पुरस्कार बढाइयो, सर्वाधिक ठूलो घरेलु प्रतियोगिता बन्यो

 कात्तिक ७, २०७५ बुधबार १७:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम वृद्धि गरिएको छ । 

यसअघि उपाधि विजेताले २५ लाख पाउने भनिएकोमा २ लाख बढाइएको छ । योसँगै पोखरा प्रिमियर लिग सर्वाधिक ठूलो घरेलु प्रतियोगिता पनि बनेको छ । 

प्रतियोगिताको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पुरस्कार रकम बढाइएको जानकारी दिएको हो । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक–एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको पनि पहिलो पटक हो ।

यस्तै हरेक खेलको म्यान अफ् द म्याचले १० हजार रुपैयाँ नगद र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्नेले सुबिसुको तर्फबाट वार्षिक प्रिमियम प्याकेज पाउनेछन् भने हरेक खेलमा कम बलमा अर्धशतक प्रहार गर्नेलाई सुबिसुकै तर्फबाट १ वर्षका लागि हाइस्पीड इन्टरनेट सुविधा दिइनेछ ।

नमस्ते लागर बियरको मुख्य प्रायोजन

यसैबीच पोखरा प्रिमियर लिगलाई जावलाखेल डिस्टिलरीको उत्पादन नमस्ले प्रिमियम लागर बियरले मुख्य प्रायोजन गरेको छ । 

आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले मुख्य प्रायोजनको सम्झौता भएको जानकारी दिए पनि सम्झौता रकम भने खुलाएनन् । अब प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग रहनेछ । 

प्रतियोगिताको मुख्य सह–प्रायोजकका रुपमा ग्राण्डमास्टर रमसँग सम्झौता गरिएको प्रवन्ध निर्देशक लामाले जानकारी दिए । सम्झौतापछि ‘पोखरा प्रिमियर लिग पावर्ड बाई ग्राण्डमास्टर ट्रिपल एक्स रम’ हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया