सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

 जेठ १२, २०८० शुक्रबार ११:३८:२७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक राईको जिउभरी चोट रहेको छ । प्रहरीका अनुसार राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा छन् ।

घटनाको अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया