भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएर उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गते भित्र बनाइसक्न निर्देशन दिनुभएको हो । उहाँले बजेट कार्यान्वयनका कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, कानुन निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुने गरी कार्ययोजना तय गर्न पनि मन्त्री र सचिवहरुलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेदेखि कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।