५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान

 जेठ १६, २०८० मंगलबार १८:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – शेर्पा कलाकारहरूको समूहले ५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान कायम गरेका छन् । ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिकको हाई क्याम्प (५ हजार ८ सय मिटर) मा स्याब्रु नाचेर १५ जना शेर्पा कलाकारहरूले गिनिज बुक अफ वर्ल्डमा रेकर्ड दर्ता गराएका हुन् । 

वर्ल्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारहरूलाई ‘जमिनको उच्चतम उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ गरेको भन्दै प्रमाणपत्र दिएको कार्यक्रम आयोजना गर्ने संस्था शेर्पा इभेन्ट्स अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो । 

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कलाकारहरूमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा र छेतेन शेर्पा छन् । कार्यक्रममा सहभागीमध्ये सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरी फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया