मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

 जेठ १६, २०८० मंगलबार १९:४५:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका  छन् । काठमाण्डाैबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस आज मङ्गलवार दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई उछिन्ने क्रममा भित्तामा ठोकिएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अहिले राजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया