एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउडमा यतिबला विवाहको माहोल छ । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंंहले नोभेम्बर १४ र १५ मा विवाह गर्ने आधिकारिक घोषणा गरेका छन् ।
उनीहरु यतिबेला विवाहको तयारीमा जुटेका छन् । त्यस्तै चर्चित कमेडियन कपिल शर्मा पनि वैवाहिक बन्धनमा बाँधिने भएका छन् । अर्को वर्ष विवाह गर्ने सुरमा भएका कपिल विशेष कारणवश डिसेम्बर १२ मा विवाह गर्ने योजनामा पुगेको भारतीय मिडियाहरुले जनाएका छन् ।
कपिलको विवाहको तयारी शुरु भइसकेको छ । उनको विवाहको तयारी उनको हुनेवाला श्रीमती तथा तत्कालिन प्रेमिका गिन्नी चतरथले र परिवारका अन्य सदस्यले गरिरहेका छन् ।
कपिलले भने विवाहको तयारीका लागि खासै समय दिन भ्याएका छैनन् । किनभने उनी टेलिभिजनमा कमब्याक गर्ने तयारीमा जुटेका छन् । यतिबेला कपिलकी प्रेमिका र परिवारका सदस्यले कपिललाई कुनै पनि अप्ठेराे नपारी विवाहको तयारी सकाउने योजना बनाएका छन् ।
केही समय अघि कपिलले अर्को वर्ष विवाह गर्ने खबर आएको थियो । वास्तवमा कपिलले कमब्याक शो लन्च गरिसकेपछि विवाह गर्ने सोच बनाएका थिए । तर गिन्नीका बुवाको स्वास्थ्यस्थिति खराब भएका कारण उनले छिट्टै विवाह गर्ने निर्णय लिएका हुन् ।
गिन्नीका बुवा केही महिना यता बिरामी परेका छन् । यसै कारण कपिलले छिट्टै विवाह लिने निर्णय गरेका हुन् ।
यी दुईको विवाह जालन्धरमा हुने भएको छ । त्यहाँ रहेको कबाना रिसोर्ट एण्ड स्पा अर्थात क्लब कबानामा उनीहरुको विवाह हुने भएको छ । विवाहको लागि २ दिनको लागि यो क्लब बुक गरिएको छ ।
जालन्धरमा विवाह भएपछि यो जोडीको अमृतसर र मुम्बईमा रिसेप्शन हने भएको छ । १४ डिसेम्बरमा मुम्बईमा रिसेप्शन हुने भएको छ भने अमृतसरको मिति भने पक्का भएको छैन ।
कपिलको विवाहमा बलिउडबाट केही छानिएका सेलिब्रेटीहरु मात्र जाने भएका छन् । अहिलेसम्म यो लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण लगायतका कलाकारहरु परेका छन् ।
कपिलकी हुनेवाली श्रीमती गिन्नीको वास्तविक नाम भवनित हो । कपिल र गिन्नीको चिनजान कलेज पढ्दादेखि भएको हो । उनीहरुले कलेजमा हुने हरेक फंशनमा सहभागिता जनाउथे । गिन्नीले कपिलसँग पंजाबी कमेडी हो हँस बलिएमा सहभागिता जनाइसकेकी छिन् ।
यहि सेटबाट उनीहरुको प्रेम शुरु भएको बताइन्छ । उनीहरुले सन् २०१३ मा आफूहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकारेका थिए ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।