उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
२ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भयो । आज सबैभन्दा धेरै जोशी हाइड्रो पावरको शेयर झण्डै ७ प्रतिशत तथा बीपीडब्ल्यू लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।