‘आईएमई पे नेपालकाे सबैभन्दा सुरक्षित विद्युतीय भुक्तानी माध्यम’

 जेठ १९, २०८० शुक्रबार १९:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई डिजिटल सोलुसन लिमिटेडको 'आईएमई पे' ले 'सिसा पीसीआई डीएसएस' प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकाे सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी प्रमाणीकरण प्राप्त गरेको हो ।

याे प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पछि नवीकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहककाे निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण याे प्रमाणीकरण प्राप्त गरेको आईएमई पेले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया