काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – नेपालले साफ यू–१५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा समूह एमा रहेको नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।
खेलभरि नै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका नबुमान मोहम्मदले डिबक्सभित्र नेपालका राकेश विश्वकर्मालाई फल गरेपछि पाएको पेनाल्टीमा जान लिम्बूले गोल गरेका थिए ।
३८औं मिनेटमा नेपालका राकेशको पासमा पेनाल्टी एरियाबाट नमास थापामगरको शानदार भली प्रहार गोलमा परिणत हुँदा नेपालले २–० को अग्रता बनायो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थप्यो ।
६३औं मिनेटमा शशांक बोहोराले नेपाललाई तेहेरो अग्रता बनाउँदा ७०औं मिनेटमा सब्स्टिच्यूट खेलाडी दिपेश राईले गोल गरी नेपाललाई ४–० को जित दिलाए । दिपेश ६३औं मिनेटमा नमास थापामगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यसअघि आजै भएको उद्घाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गगत शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।