तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो । वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो ।
धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागितामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सुरु गरिएको छ । सडकमा झरेको पहिरो पन्छाउने, खाल्डाखुल्डी पुर्ने, नाली कटाउने, झाडी सफा गर्ने लगायतका काम भइरहेको छ । श्रमदानका क्रममा बगरेभञ्ज्याङबाट ट्याक्टरमा ओसारिएको रोडा थुपारेर सडकको खाल्डाखुल्डी सम्याउने व्यवस्था मिलाइएको छ । दिक्तेल–खार्मी–पाथेका सडकपछि दिक्तेलकै मानव अधिकार चोक–माटिकोरे सडक मर्मत गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
नागरिकको श्रम सहभागीताबिना विकास सफल नहुने निष्कर्ष सहित नगरपालिकामा श्रमदान अभियान थालिएको हो । १५ वडा रहेको नगरपालिकामा सम्वन्धित ठाउँका स्थानीयबाट श्रमदान जुटाएर क्रमशः नगरका अन्य सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई गर्ने योजना बनाइएको छ । श्रमदान सकिएपछि श्रमदानका क्रममा जुटेको सहयोग र भएको खर्चको विवरण सार्वजनिक गरिने मेयर भट्टराईले बताउनुभयो ।
“हामी अल्छे हुँदै गयौं । श्रम गर्ने संस्कृति हराएर गयो । तर नागरिक सहभागी नभएसम्म विकास सम्भव छैन भन्ने सिकाई भयो,” भट्टराईले भन्नुभयो, “अब जनश्रम संस्कृतिलाई ब्युँताउनुपर्छ । विकासमा साझेदारी गर्नुपर्छ । श्रम संस्कृतिलाई नजोडिएसम्म विकास सम्भव छैन ।”
सानातिना विकास निर्माण सम्बन्धी योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई न्युनीकरण गर्दै ‘आफ्नो विकास आफैबाट’ भन्ने मान्यतालाई कार्यान्वयन गर्न नगरपालिकामा श्रमदान अभियान अघि बढाइएको हो । पछिल्लो समय निम्तिएको आर्थिक मन्दीका कारण सानातिना योजनाकालागि बजेट विनियोजन गर्ने अवस्था नहुँदा बिना बजेट श्रमदानमार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
श्रमदान अभियानमा स्थानीयबासीदेखि टोल विकास समिति, वडा कार्यालय, खोटाङ यातायात प्रालि, ट्याक्टर तथा ट्रिफर व्यवसायी संघ, अटो व्यवसायी संघ लगायतको सहयोग जुटेको छ । नगरपालिकाको जेसीबी र व्यवसायीले उपलव्ध गराएको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले सडकको खाल्डाखुल्डीमा हाल्ने गरेका छन् । कुटो, कोदालो, गैंती, साबेल, झम्पल, ह्याम्मर बोकेर श्रमदानमा पुगेकालाई स्थानीयले खाना, खाजा, जुस खुवाइरहेका छन् । श्रमदान सकिएपछि प्राविधिक मूल्यांकन गरिने नगरपालिकाले जनाएको छ । कतिपयले भने श्रमदानले निरन्तरता पाउनेमा आशंका गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।