काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौँ - पाेखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।
पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले यूएर्इबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मार्की प्लेयर रहेको बुटवलले दुई विदेशी कोटामा रोहन मुस्तफा र चिराग सुरीलाई क्लबमा अनुबन्ध गरेको हो ।
प्रतियोगिताका लागि क्लबले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुधबार चितवनले पनि भारतका दुई खेलाडी क्लबमा अनुबन्ध गरेको थियो ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता भोलिदेखि सुरु भई यही कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
बुटवल ब्लास्टर्सको स्वामीत्व रामबहादुर विष्टसहितको व्यावसायीको युवा टोलीकाे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् ।
पीपीएलमा बुटवल ब्लास्टर्सले पहिलो खेल कात्तिक १० गते चितवन राइनोजसँग खेल्नेछ । दोस्रो खेल कात्तिक ११ गते पोखरा पल्टनसँग, कात्तिक १४ गते विराटनगर टाइटन्ससँग, १५ गते धनगढी र १६ गते हुलास काठमाडौँसँग खेल्नेछ ।
विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् ।
प्रतियोगिताको बैंकिङ पार्टनर नबिल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।