साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
बारा – ‘सडकमै खाऔ“, सडकमै रमाऔ“’ भन्ने मूल नाराका साथ सुरु भएको दोस्रो बारा खाना तथा दसैँ महोत्सव सकिएको छ ।
बडादसैँ, शुभ–दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै प्रदेश नम्बर २ को सिमरामा होटल व्यवसायी संघ बाराको आयोजनामा भएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ ।
पहिले भन्दा यसवर्ष महोत्सवमा दर्शकको संख्यासमेत बढेको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो । ‘यसवर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ’, उहाँले भन्नुभयो, ‘त्यसैले अघिल्लो महोत्सवभन्दा यसवर्ष व्यवस्थित ढंगले सम्पन्न भयो ।’
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उप–समितिहरु बनाइएको थियो ।
पहिलो पटक आयोजना गरिएको भन्दा यसपटक झन्डै दोब्बर स्टलहरु राखिएको उहाँले बताउनुभयो । ३ दिनसम्म चलेको महोत्सवमा विभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो ।
यसवर्ष खानाका स्टलमा विशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो ।
त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिँडो, घुङ्गी, पिज्जा, बर्गर, चाउमिन जस्ता परिकार महोत्सवमा थिए ।
यस्तै महोत्सवमा विभिन्न लत्ताकपडाका स्टल पनि थिए ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकको घुइँचो लागेको थियो । महोत्सवमा नेपालका चर्चित गायक राजनराज शिवकोटी, रामजी खाँड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, सन्तोष देउजालगायतका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।
सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतिले त्याहाँको माहोल नै तातिएको थियो । ‘आफ्नै जिल्लामा आएर विभिन्न खानाको परिकारसँगै संगीतमा झुम्न पाउँदा निकै खुसी लागेको काठमाडाैंबाट महोत्सव हेर्न सिमरा पुगेका डुमरवाना निवासी किशोर साहले बताउनुभयो ।
महोत्सवमा विभिन्न समुदायको नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आ–आफ्नो प्रस्तुति देखाएका थिए ।
महोत्सव चलेको ३ दिनको अवधिमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक होटल व्यवसायी संघ बाराले जनाएको छ ।
महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सवस्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिँगारिएको थियो ।
महोत्सवस्थल सिमरामा काठमाडौंको झल्को दिने धरहराको आकृति राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रमस्थलमा पण्डालको धरहरा बनाएको हो ।
कार्यक्रमस्थलमा धरहरासँग मेल खाने पण्डालको धरहरा बनाएर त्यसलाई विभिन्न रंगले सजाइएको थियो । महाभूकम्पले भत्काएपछि सम्झनास्वरुप महोत्सवमा राखिएको पण्डालबाट निर्मित धरहरामा सेल्फी लिनेको घुइँचो लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।