प्रतिनिधि सभाको बैठक चल्दै

 जेठ २२, २०८० सोमबार ११:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ ।

अहिले चलिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै हुनुहुन्छ ।

नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै विपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाले बैठक चल्न नदिएपछि हिजोको बैठक स्थगित भएको थियो । नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूको अडान छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकबारे सर्वोच्च अदालतले हिजो मात्रै कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया