हिजाे बढेकाे शेयर बजार आज १७ अङ्कले घट्यो

 जेठ २२, २०८० सोमबार १५:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ५३ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय एक दशमलव ९९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७७ वटा कम्पनीका ५६ लाख २० हजार कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर साढे चार प्रतिशत तथा जोशी हाइड्रो, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त र वरुण हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज रिभर फल्स पावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया