सर्वाेच्चकाे फैसलापछि टुङ्गियो रावाबेसी गाउँपालिका केन्द्रको अलमल, हरमटार नै रहने

 जेठ २२, २०८० सोमबार १८:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – सर्वोच्च अदालतले खोटाङको रावाबेसी गाउँपालिकाको केन्द्रकाे अन्तिम टुङ्गो लगाएकाे छ । सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमवार गाउँपालिकाको केन्द्र कुभिन्डेको हरमटार कायम रहने गरी अन्तिम फैसला सुनाएको हो । 

सर्वोच्चले गाउँपालिकाको केन्द्रविरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको छ । सर्वोच्चको फैसलाले गाउँपालिकाको केन्द्रका विषयमा पाँच वर्षदेखि भइरहेको अलमल हटेको छ ।

राज्य पुनःसंरचनाका क्रममा रावाबेसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा (रावाबेसी गाउँपालिका–२) निर्धारण गरिएको थियो । तर २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्ष लीलानाथ निरौला नेतृत्वको स्थानीय सरकारले लामीडाँडा गाउँपालिकाको नाम रावाबेसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको केन्द्र हरमटार सारिएको भन्दै २०७५ वैशाख ६ गते रिट निवेदन परेको थियो । हरमदार अहिलेकाे रावाबेसी गाउँपालिका–१ मा पर्छ । 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको निर्णयअनुसार गाउँपालिकाको नाम रावाबेसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया