भक्तपुरका दुई ठाउँबाट १८ लाख रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी

 जेठ २५, २०८० बिहीबार ६:५३:४६ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

भक्तपुर - भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजाे नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसाे ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ रुपैयाँ बराबरकाे सुनको गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भइ मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र १६ हजार रुपैयाँ नगद चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्नको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया