गूगलले यौन उत्पीडनको आरोपमा वरिष्ठ म्यानेजरसहित ४८ जनालाई जागिरबाट निकाल्यो

 कात्तिक ९, २०७५ शुक्रबार ८:१२:५० | एजेन्सी
unn.prixa.net

गूगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचई

गूगल कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ । पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो ।

गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जहाँ एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर उल्लेख गरिएको थियो । रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । त्यतिबेला पनि पत्रिकाले उनको शानदार विदाई गरिएको उल्लेख गरेको थियो । 

पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीमाथि अनुसन्धान गरेका छौँ । त्यसपछिमात्रै जागिरबाट हटाउने फैसला लिएका हौँ ।’
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया