जहाज किन्ने प्रक्रिया सुरु गरेपछि घेराबन्दीमा परेँ : मन्त्री किराती

 जेठ २५, २०८० बिहिबार १३:८:२१ | दमन राई
unn.prixa.net

खोटाङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज किन्न नदिन आफू विरुद्ध घेराबन्दी सुरु गरिएको बताउनु भएको छ ।

बिहीवार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किरातीले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि घेराबन्दी सुरु गरिरहेको बताउनु भएको हो । 

मन्त्री किरातीले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एक वटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किरातीले बताउनुभयो ।

मन्त्री किरातीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाइएको चर्चा गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया