नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

 जेठ २५, २०८० बिहीबार १६:२:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

माेरङ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहीवार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताउनुभयो । उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने बताउनुभयाे ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आउँदाे भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो । उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठिक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई नागरिकमा अनुभुति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको पनि बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया