नेपाल प्रहरीकै करोडौं मूल्य पर्ने जग्गा अतिक्रमणमा

 कात्तिक ९, २०७५ शुक्रबार १०:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – पाँच नम्बर प्रदेशमा नेपाल प्रहरीको करोडौं मूल्यको जग्गा अतिक्रमणमा परेको छ । प्रदेश अन्तर्गतका दाङ र रुपन्देही जिल्लामा प्रहरीको जग्गा स्थानीयहरुले उपभोग गरिरहेका छन् । अतिक्रमण भएको जग्गामध्ये केही जग्गामा पक्कि भवन निर्माण भएका छन् भने केही जग्गामा खेती हुँदै आएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा रहेको ५ कठ्ठा मध्ये २ कठ्ठा २ धुर, संघीय एकाई प्रहरी कार्यालय तुलसीपुरको ८६ मिटर र रुपन्देही जिल्लाको तिनाउ नगरपालिका वडा नम्बर ३ मा रहेको अस्थाई प्रहरी पोष्ट शंकर नगरको नाममा रहेको २१ फिट जग्गा अतिक्रमणमा परेको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता डीएसपी पुष्पराज मल्लले बताउनुभयो ।

यो प्रदेशमा सबैभन्दा बढी प्रहरी स्कुलको नाममा दाङ देउखुरीमा रहेको २१ विघाभन्दा धेरै जग्गा अतिक्रमणमा परेको मल्लले बताउनुभयो । आफ्नो नामको जग्गामा सर्वसाधारण नागरिकले पक्कि भवन निर्माण गरेपछि प्रहरी बल प्रयोग गर्ने वा राजनितिक दल गुहार्ने दोधारमा परेको छ ।

अतिक्रमण भएको जग्गा खाली गर्न भने त्यति सहज नभएको स्थानीयहरु बताउँछन् । द्वन्द कालमा अतिक्रमणमा परेको यो जग्गामा ६० भन्दा बढी घरटहरा बनेका छन् । यो जग्गा राप्ती अञ्चल अस्पतालले  प्रहरीलाई हस्तान्तरण गर्नु अघि नै यहाँ भवन निर्माण भैसकेको स्थानीयहरु बताउँछन् ।
 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया