नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला कोशी प्रदेशमा अन्योल

 जेठ २७, २०८० शनिबार ७:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशले नीति तथा कार्यक्रम ल्याएर बजेट बनाउने तयारी गरिरहँदा कोशी प्रदेशमा भने अन्योल बढेको छ ।

बजेट ल्याउने बेला जसपा र माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अन्योल बढेको हो । जसपाले गएको १७ गते र माओवादी केन्द्रले गएको २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्नुभएको थियो, तर अल्पमतमा परेलगत्तै प्रदेशबाट पारित हुने सम्भावना नदेखेपछि उहाँले नीति तथा कार्यक्रम रोक्नुभएको छ । प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याउनुपर्छ । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया