कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
मुगु - मुगुकाे छायाँनाथमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवककाे ज्यान गएकाे छ ।
मुगुकाे छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भामवाडा घर भएका २२ वर्षीय सञ्जय भामको ज्यान गएकाे हाे ।
करेन्ट लागेर बेहोस भएका भामलाई हिजाे दिउँसो २ बजेतिर उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकाे थियाे । उनकाे आज बिहान उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको उहाँले बताउनु भयाे ।